२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भगाउने पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भगाउने पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउन सहयोग गरी आफू पनि फरार भएका पूर्वप्रहरी जवान वीरवल यादव पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइ शुक्रबार सार्वजनिक गरेको हो ।

भारतीय नागरिक असरफ आलमलाई थुनामै रहेका बेला २०६४ सालमा उनले भगाएका थिए । उनलाई भगाएर आफू समेत प्रहरीको जागिर छाडेर भारत पुगेका थिए ।

प्रहरीका अनुसार त्यो बेला उनले एक करोड रुपैयाँ पाउने प्रलोभनमा थुनुवालाई भगाएका थिए । थुनवालाई भगाएपछि भने ६ लाख २५ हजार रुपैयाँ मात्रै पाएको खुलेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij