२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

परराष्ट्रमन्त्री साउदले केन्द्रीय कारागार पुगेर बालकृष्ण खाणलाई भेटे

परराष्ट्रमन्त्री साउदले केन्द्रीय कारागार पुगेर बालकृष्ण खाणलाई भेटे

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले भेटेका छन्। मन्त्री साउदले केन्द्रीय कारागार सुन्धारा पुगेर खाणलाई भेटेका हुन्।

केन्द्रीय कारागार सुन्धारा प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागारमा पुगेका थिए। उनीहरूबीच आधा घण्टा बढी कुराकानी भएको थियो।

खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको थियो।

खाण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)को सभापति हुँदादेखि ‘गहिरो’ सम्बन्ध छ। २०४६ सालको जनआन्दोलनताका खाण नेविसंघको सभापति थिए। खाणले गरेको महाधिवेशनबाट साउद सभापति चुनिएका थिए। खाण २०६२/०६३ मा तरुण दलको अध्यक्ष पनि भए।

कांग्रेसको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij