२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

संसद्‌मा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

संसद्‌मा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

यसका लागि बिहान ११ बजे संसद् बैठक बलाइएको छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ ।

यसैबीच, विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij