२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ओखलढुंगाको बिलन्दुमा पहिरो, चारजनाको मृत्यु,

ओखलढुंगाको बिलन्दुमा पहिरो, चारजनाको मृत्यु,

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

बिहीबार राति पहिरो जाँदा उक्त हताहत भएको हो । अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij