२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको बताएकी छन्।

‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,’ प्रचण्ड र विप्लवबीच भेटवार्ताको तस्बिर साझा गर्दै दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्।

सोमबार मात्रै सत्तामा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा समेत सम्मेलित समाजवादी मोर्चा घोषणा भएको थियो।

माओवादी अध्यक्ष प्रचण्डले माओवादी धारका पार्टीहरुबीच एकताबारे समेत छलफल चलिरहेको बताउँदै आएका छन्। प्रचण्ड र विप्लवबीच बिहीबारको भेटमा पार्टी एकताबारे समेत छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij