२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– सत्ता साझेदार तथा समाजवादी मोर्चाको दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहीबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ।

बैठकमा विधान अधिवेशनको विषयमा छलफल हुने नेताहरुले जनाएका छन्। जसपाले यही असार १० देखि १२ गतेसम्म विधान अधिवेशन गर्दैछ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

विधान अधिवेशनमा केन्द्र समितिका सदस्यसहित ७७८ जना प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ।

विधान अधिवेशन सुरु हुनुभन्दा अगाडि जसपाले राजनीतिक समिति र केन्द्रीय समितिको समेत बैठक बोलाएको छ। राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij