काठमाडौँ- नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र नेकपा एकीकृत समाजजवादी मिलेर गत सोमबार समाजवादी मोर्चा गठन भयो। तर मोर्चाका शूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै त्यहाँ अटाएनन्।
मोर्चा गठनपछि उनले मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत मोर्चाको कडा आलोचना गरेका उनले आफूलाई शृंखलाबद्ध रूपमा तेस्रोपटक निषेध गर्न खोजिएको आरोप लगाएका थिए।
बुधबार राति पुन: उनले मोर्चामाथि टिप्पणी गरेका छन्।
उनले समाजवादी विकल्प निर्माणको सन्दर्भमा अहिले भइरहेका बहस अन्तरनिहीत विचार,राजनीति,संगठन,संस्कारको रूपमा बुझ्नुपर्ने बताएका छन्। व्यक्तिगत लाभहानी,रिसइवी,धोकाधडीको रूुपमा वैकल्पिक शक्तिको नयाँ समाजवादी निर्माण नहुने टिप्पणी उनले गरेका छन्।
अहिलेको मोर्चा पुरानै गाडीको डेन्टिङ पेन्टिङ भएको आरोप लगाउँदै भनेका छन्, ‘पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने मुख्य बहस हो।’
अगुल्टो ठोसेर नै आगो बल्ने बिर्सिन नहुने बताउँदै उनले एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सिन नहुने बताएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij