२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सातै प्रदेशमा पानी पर्ने सम्भावना

सातै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौँ- आज सातै प्रदेशमा पानी पर्ने, कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना आज (बुधबार) सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले (बिहान) पनि बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपुर क्षेत्र तथा लुम्बिनी प्रदेशका प्युठान गुल्मी क्षेत्रतिर पानी परिहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij