२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाखसहित एकजना पक्राउ

काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाखसहित एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौंमा स्रोत नखुलेको साढे ३३ लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुन्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका गुरुङबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij