२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि थुनामा

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतले आइतबार उनीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाउने आदेश गरेको हो। यो सँगै उनीहरुलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकर बहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ ।

पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने धनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन् । यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पुर्याइदिने कर्मचारी पनि जेल चलान भएका छन्।

विमानस्थलका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन् । उनीहरु नागरिक उड्ययन प्राधिकरण अन्तर्गतका कर्मचारी हुन्। उनीहरुले धनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij