काठमाडौँ- महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि शीतल निवासबाट शनिबार राति पौने २ बजे अस्पताल पुर्याइएको पौडेलको आज मंगलबार मुटुको शल्यक्रिया गरिएको हो।
मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको छ।
अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। गत शनिबारदेखि अस्पतालको सीसीयूमा राखेर उनको उपचार गरिएको हो।
पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेस मेकर गरेका हुन्। गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए। बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।
मुटुकै समस्याका कारण पौडेलले भारतमा पनि उपचार गराएका थिए। तर उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij