२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने १ जना नक्कली परीक्षार्थीलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको सुनापती गाउँपालिका–१ का २३ वर्षीय सुमन चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईँको दुईपाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो। नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृतिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए। यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij