काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (आज) गरिने भएको छ । राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो ।
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।
मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।
आइतबार बिहान बालुवाटारमा बसेको दलका नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो । यो मोर्चामा अहिले समाजवादी केन्द्रको चर्चा गर्दै आइरहेका डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी भने सहभागी नहुने भएको छ। नेसपाले समाजवादी केन्द्र केको लागि भन्ने स्पष्ट लक्ष्य खाका नबनेकोले सहभागी हुन नसकिने बताएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij