२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक

पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक

पोखरा । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेखेर चलचित्र ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन भनेको हो ।

पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।

काठमाडौं महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij