२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पाँच करोड क्षतिपूर्तिको माग गर्दै बिजमाण्डुविरुद्ध राजेन्द्र बजगाईंले दायर गरे मुद्दा

पाँच करोड क्षतिपूर्तिको माग गर्दै बिजमाण्डुविरुद्ध राजेन्द्र बजगाईंले दायर गरे मुद्दा

काठमाडौ‍ँ- पर्यटन व्यवसायीसमेत रहेका सांसद राजेन्द्र बजगाईंले बिजमाण्डु डट कमविरुद्ध पाँच करोड क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।

आफूविरुद्ध झुटा समाचार लेखेको भन्दै बजगाईंले उक्त मिडियाविरुद्ध मुद्दा दायर गरेका हुन्। बिजमाण्डुले ‘भैरहवाको पाँचतारे रिसोर्टमा कसैको आँखा लाग्दा ध्वस्त बन्यो, अनि विदेशी लगानी कसरी आउँछ ?’ भन्ने शीर्षकको समाचारमा बजगाईंको नाम जोडेर विभिन्न आरोप लगाएको थियो।

उनले आफूविरुद्ध कपोलकल्पित भ्रामक सूचना प्रवाह गरेको भन्दै क्षतिपूर्तिको मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

‘म फिरादीको इज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जीवन, सम्मान, पेशा तथा व्यवासायिक जीवनमा समेत गम्भीर धक्का पुर्‍याउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातीलाई ध्वस्त पार्ने बदनीयत चिताई जानि बुझी सार्वजनिकरुपमा मेरो चरित्र हत्या गरिएकाले समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित क्षतिपूर्तिवापत पाँच करोड समेत विपक्षी प्रतिवादीहरुबाट दिलाई भराई पाऊँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij