२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

लडाकुलाई २ लाख दिने नै हो, पछि हट्न सकिदैन : प्रधानमन्त्री

लडाकुलाई २ लाख दिने नै हो, पछि हट्न सकिदैन : प्रधानमन्त्री

k|wfgdGqL bfxfn kqsf/;Fu gf/fo0fu9, !* j}zfv M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;f]daf/ k|]; ;]G6/ g]kfn lrtjgn] cfof]hgf u/]sf] kqsf/;Fu k|wfgdGqL Pj+ Sofn]08/ nf]sfk{0f sfo{qmddf ;xefuL x'g'x'Fb} . sfo{qmd e/tk'/ dxfgu/kflnsf– !$ l:yt lzjgu/ …k|r08Ú lgjf;df ePsf] xf] . tl:a/ M ;gb clwsf/L÷/f;;

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् ।

चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् ।

उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैया दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए ।

तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij