काठमाडौँ- काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतमा जन्मिएकी हुन्’ संवाद हटाइएको छ। बिहीबार मात्र काठमाडाैँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त संवाद् नहटाए महानगरमा उक्त फिल्म चलाउन नदिने चेतावनी दिएका थिए।
उक्त फिल्ममा नेपालकी छोरी सीतालाई भारतको भनेर भ्रम छर्न खोजिएको भन्दै नेपालमा विरोध भइरहेको थियो।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे।
काठमाडौं महानगरपालिकाका मेयर शाहले निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा राखिएको सीताको जन्मभूमिबारे भएको गल्ती नसच्याए कुनै पनि भारतीय फिल्म काठमाडौं महानगरमा रिलिज गर्न नदिने चेतावनी दिएका थिए। शाहले यो सच्याउन ३ दिनको समय तोकेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij