२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

टेरामक्स प्रविधि खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

टेरामक्स प्रविधि खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियारलाई निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रिया हाललाई यथास्थितिमा राख्दै यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्याउन समितिले अख्तियारलाई निर्देशन दिएको बताए । समितिले अनुसन्धानपछि दोषी देखिएका व्यक्तिहरुविरुद्व कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत अख्तियारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij