२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

६ वटा प्रदेशले आज बजेट ल्याउँदै

६ वटा प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं– ६ वटा प्रदेशका प्रदेश सरकारको बजेट आज (शुक्रबार) सार्वजनिक हुँदैछ। कोशी बाहेक ६ वटा प्रदेश (मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) को आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुन लागेको हो।

कोशी प्रदेश सरकारले बिहीबार नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको छ। एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा छ। अल्पमतमा रहेको सरकारले प्रदेश सभाबाट बजेट पास हुने अवस्था नदेखेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याएको हो।

संघ सरकारले हरेक वर्षको जेठ १५ र प्रदेश सरकारले असार १ गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

हरेक प्रदेश सरकारले आ–आफ्नै प्राथमिकताहरु निर्धारण गरेर वार्षिक राजस्व तथा व्यवको अनुमान गर्छन्। सडक तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा सिचाइ, खानेपानी, उर्जा र रोजगारी लगायतका प्राथमिकता निर्धारण गरेर प्रदेश सरकारले बजेट तयार पार्छन्।

आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij