२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रस्तावित प्रधानन्यायाधीशसँग आज सांसदहरूले प्रश्‍न गर्ने

प्रस्तावित प्रधानन्यायाधीशसँग आज सांसदहरूले प्रश्‍न गर्ने

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरूले शुक्रबार (आज) पनि प्रश्न गर्ने तयारी छ।

संसदीय सुनुवाइ समितिको आज बस्ने बैठकमा सांसद्हरूले उनीमाथि सवाल जवाफ गर्ने भएका हुन्। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो।

हिजोको बैठकमा कार्कीले न्यायालयमा हुने भ्रष्टाचारलाई पूर्ण रूपमा रोक्नेलगायत कार्ययोजना पेस गरेका थिए।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ। बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ।

प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij