२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सांसद कोइरीको निलम्बन फुकुवा

सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं । महोत्तरी– १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गरी सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् । हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij