२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एमालेबाट निर्वाचित वडाअध्यक्ष चेक बाउन्सको आरोपमा पक्राउ

एमालेबाट निर्वाचित वडाअध्यक्ष चेक बाउन्सको आरोपमा पक्राउ

काठमाडौँ- चेक बाउन्स गरि ठगी गरेको आरोपमा एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी छन्।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीपछि धामीलाई पक्राउ परेका हुन्। वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिरी जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई जेठ २५ गते प्रहरीले पक्राउ गरेको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij