२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन तीन दलका शीर्ष नेताबीच छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

नेताहरुबीच टीआरसी विधेयककाबारेमा छलफल भएको बताइएको छ । छलफलमा तीन दलका नेताका साथै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।

शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन तयार पारिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक (टीआरसी) हाल संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

समितिले विधेयकमाथि उपसमिति बनाएर दफाबार छलफल गर्दै  प्रतिवेदन तयार पारेको छ । तर, ४ बुँदामा उपसमितिले सहमति जुटाउन सकेको छैन । उपसमितिले चार बुँदामा थप छलफबाट टुंगो लगाउनुपर्ने उल्लेख गर्दै गएको असोज २३ गते प्रतिवेदन समितिमा बुझाएको छ । तर समितिले यो विषयलाई के गर्ने भन्ने टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij