२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्।

बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसालले जानकारी दिए।

भुसालका अनुसार आजको बैठकमा संसदमा हुने मन्त्रालयगत बजेट छलफल र समसामयिक विषयमा छलफल हुनेछ।

प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेका छन्।

मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ। डाक्टर अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यस अघि अघि नै नियुक्त गर्न लागिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij