२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

पुराना मुद्दा जतिसक्दो छिटो फछ्र्यौट गर्ने विशेष अदालतको योजना

पुराना मुद्दा जतिसक्दो छिटो फछ्र्यौट गर्ने विशेष अदालतको योजना

काठमाडौँ । पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्यौट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछ्र्यौटलाई तीव्रता दिएको छ ।

विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् । कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फछ्र्यौट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

त्यस्तै १८ महिनादेखि दुई वर्षसम्मका मुद्दा २८ रहेका छन् । कुल ५५ थान मुद्दा रहेकामा २७ मुद्दा फछ्र्यौट भएका छन् । एक वर्षदेखि १८ महिनासम्मका ५० थान मुद्दा फछ्र्यौट गर्न बाकी रहेका छन् । कुल ७५ मुद्दा रहेकामा ५५ मुद्दा फछ्र्यौट भएका छन् ।

साथै छ महिनादेखि एक वर्षभित्रका ६८ मुद्दा फछ्र्यौट भएका छन् । कुल ८१ मुद्दा रहेकामा १३ फछ्र्यौट भएका छन् । त्यस्तै छ महिनाभित्रका कुल एक सय एक मुद्दा रहेकामा छ मुद्दा फछ्र्यौट भएका छन् भने छ भने ९५ थान मुद्दा बाँकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतले मुद्दा फछ्र्यौटलाई तीव्रता दिएको र निर्दोषलाई दोषी ठहर नहोस् तथा दोषीले सजाय पाओस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अदालतले छिट्टै अनलाइन सुनुवाइ गर्ने तयारी गरिरहेको र संविधान तथा कानुनअनुसार पाएको जिम्मेवारी पूरा गरिरहेको जानकारी दिए ।

अदालतबाट २०७९ वैशाख १ गतेदेखि नेपालभर अनलाइन तारिख लिन र कोभिडपश्चात अनलाइन बकपत्र गर्ने प्रक्रिया नियमितरूपमा सञ्चालन भइरहेको छ । विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्धारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०८० अन्तिम चरणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij