२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । त्यस्तै बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको छ ।

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij