२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बुधबार (आज) डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका उनलाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अस्पतालमै राखिएको थियो। पौडेल लामो समयदेखि मुटुसम्बन्धी रोगले ग्रसित छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij