२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल गरिँदै

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल गरिँदै

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग आज छलफल हुँदैछ।

छलफलका लागि संसदीय सुनुवाई समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। समितिको छलफलमा २९ जनाले उजुरी दिएको भएपनि २१ जना छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ भोलि नै सकेर नाम अनुमोदन गर्ने कार्यतालिका छ। गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।

कार्कीविरुद्ध जिल्ला न्यायाधीशदेखि कानुन व्यवसायी र अभियन्तासम्मले गरी २९ वटा उजुरी दिएका छन्। उजुरीमा कार्कीलाई न्यायाधीश नियुक्त गर्दा नै संविधानविपरित गरिएको दाबी गरिएको छ।

यस्तै संवैधानिक परिषद्बाट गरिएको सिफारिसमाथि पनि कानुनी प्रश्न उठाइएको छ। संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij