२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

स्वास्थ्य जाँच गराउन देउवा सिंगापुर प्रस्थान

स्वास्थ्य जाँच गराउन देउवा सिंगापुर प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेका हुन्।

सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जानकारी दिएको छ। देउवाले केही वर्ष अगाडि सिंगापुरमा पेट र आँखाको उपचार गराएका थिए। त्यसपछि उनी २–२ वर्षमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका थिए।

पछिल्लो समय भने उनी ३ वर्षदेखि फलोअपमा गएका थिएनन्।

देउवासँग उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्। उनीहरु करिब १ सातापछि स्वदेश फर्किने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij