काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बुधबार (आज डिस्चार्ज हुँदै छन्। मुटुमा समस्या देखिएपछि मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएका उनलाई आज डिस्चार्ज गरिने भएको हो।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अस्पतालमै राखिएको हो।
स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij