२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

विधान सम्मेलनका विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

विधान सम्मेलनका विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा जनतासँग माओवादी अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij