२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पाँच लाख घुससहित जीतपुरसिमरा ३ का वडाध्यक्ष पक्राउ

पाँच लाख घुससहित जीतपुरसिमरा ३ का वडाध्यक्ष पक्राउ

बारा । बाराको जीतपुरसिमरा वडा नम्बर ३ का वडाअध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन् । कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जीतपुरस्थित जैसवाल होटलबाट नगद पाँच लाखसहित पक्राउ गरेको हो ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका कार्कीलाई प्लटिङ्गको जग्गामा बाटो बनाईदिने भनेर रकम माग गरेपछि अख्तियारले पक्राउ गरेको हो ।

प्लटिङ्गको जग्गामा बाटो बनाउन स्थानीय राजन उप्रेतीसँग कार्कीले रकम माग गरेपछि आयोगको हेटौडाको टोलीले कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij