काठमाडौँ- बारा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको रकमसहित भारत पूर्व चम्पारणका रामनिवास प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट भारतीय नम्बर बीआर ०५ वाई २६२४ को मोटरसाइकल पनि बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो।
प्रहरीले यादबलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij