२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

चीनको बढ्दो बजार मागसँगै चिलीको चेरी निर्यातमा वृद्धि

चीनको बढ्दो बजार मागसँगै चिलीको चेरी निर्यातमा वृद्धि

बेइजिङ । चीनमा चेरीको माग बढ्दै गएपछि दक्षिण अमेरिकी देश चिलीको चेरी निर्यातमा उल्लेख्य वृद्धि भएको छ । चिली विश्वकै प्रमुख चेरी निर्यातक मुलुकमध्ये एक हो भने चीन चिलीयन चेरीको सबैभन्दा ठूलो विदेशी बजार बनेको छ ।

चिलीको कृषि मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२५/२६ को निर्यात सिजनमा करिब पाँच लाख ६९ हजार मेट्रिक टन चेरी निर्यात भएको थियो । त्यसमध्ये करिब ८७ प्रतिशत चेरी चीनमा निर्यात गरिएको थियो ।

पछिल्ला वर्षमा एसिया–प्रशान्त क्षेत्रीय आर्थिक सहकार्य विस्तार हुँदै जाँदा चीन र चिलीबीच आर्थिक तथा व्यापारिक सम्बन्ध पनि थप सुदृढ हुँदै गएको छ । दुवै देश एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) का सदस्य अर्थतन्त्र हुन् ।

सन् २०१८ देखि चिलीले चीनसँग प्रत्यक्ष समुद्री ढुवानी सेवा ‘चेरी एक्सप्रेस’ सञ्चालन गर्दै आएको छ । यसले प्रशान्त महासागर पार गरेर चीनसम्म चेरी पुर्‍याउन लाग्ने समय उल्लेख्य रूपमा घटाएको छ ।

यस वर्षलाई एपेकले ‘चीन वर्ष’ का रूपमा मनाइरहेको छ । यही अवसरमा नोभेम्बर १८ देखि १९ सम्म चीनको सेन्जेनमा ३३औँ एपेक आर्थिक नेताहरूको बैठक आयोजना भएको थियो ।

बैठकलाई अवसरका रूपमा उपयोग गर्दै चीन र चिलीले व्यापार सहजीकरण तथा कृषि व्यापारमा सहकार्य थप विस्तार गर्ने अपेक्षा गरिएको छ । प्रशान्त महासागर पार गर्दै चीन पुग्ने चिलीका चेरी दुई देशबीच गहिरिँदै गएको आर्थिक तथा व्यापारिक सहकार्यको उदाहरण बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij