२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कतारका प्रधानमन्त्रीले हमासको नियन्त्रणबाट विपिन जोशीलाई रिहाइ गर्ने आश्वासन दिनुभएको छः परराष्ट्रमन्त्री

कतारका प्रधानमन्त्रीले हमासको नियन्त्रणबाट विपिन जोशीलाई रिहाइ गर्ने आश्वासन दिनुभएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद शनिबार स्वदेश फर्किएका छन् । गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपिन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको बताए ।

उनले भने, ‘मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्याद्र्यी जोशीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।’

मन्त्री साउदले भने, ‘१४ र १५ डिसेम्बरमा आर्मिनियाको एरेवानमा आयोजना भएको भूपेरिवेष्टित मुलुकका मन्त्रीहरूको बैठकमा पनि म सहभागी भएको थिएँ । बैठकमा नेपालजस्ता मुलुकलाई लगानीयोग्य स्रोतको कमी भएको र व्यापार अभिवृद्धि गर्न एवं रोजगारी सिर्जना गर्न कठिन भएको विषय राखेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij