काठमाडौं- इराकको स्वशासित राज्य कुर्दिस्थानमा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ।
कुर्दिस्थानको कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार मृत्यु भएको कुर्दिस्तान टेलिभिजनले जनाएको छ।
माछा मार्ने क्रममा ग्रेट रिभरमा खस्दा ३३ वर्षीय नेत्रबहादुर राईको डुबेर मृत्यु भएको हो। कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेका छन्। सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको मोहम्मदले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij