२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

एम्बाम्पेलाई बेच्ने पीएसजीको तयारी

एम्बाम्पेलाई बेच्ने पीएसजीको तयारी

काठमाडौं- फ्रेन्च च्याम्पियन क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार फवार्ड केलियन एम्बाप्पे बेच्ने तयारी गरेको छ। एम्बाप्पेको सम्झौता अर्को सिजनको अन्त्यमा सकिँदैछ। क्लब र एम्बाप्पेसँग सम्झौता नवीकरण गर्ने विकल्पसमेत छ। तर पीएसजीसँगको एक महिना लामो वार्ता पछि पनि एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएका छन्।

सम्झौता थप्ने अन्तिम समय जुलाई ३१ रहेपनि २४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पे भने तयार छैनन्। सम्झौता नथप्दा अर्को एम्बाप्पेलाई क्लबले फ्रि एजेन्ट अर्थात् सित्तैमा गुमाउनु पर्ने भएकाले पीएसजीले बेच्ने तयारी गरेको हो।

क्लबले कुनै पनि हालतमा एम्बाप्पेलाई रिलिज नगर्ने भने पनि सम्झौता थप गर्ने विकल्प राखिएको पत्र सञ्चारमाध्यममा लिक भएको छ। सोही कुराबाट क्लब असन्तुष्ट छ।

स्टार खेलाडीहरु बिना रणनीति भित्र्याउने गरेको पीएसजीमाथि आलोचना भइरहँदा एम्बाप्पेले पनि नयाँ विकल्प खोजेका हु्न्।

स्पेनीस जायन्ट रियल मड्रिडले गत वर्ष एम्बाप्पेलाई क्लबमा अनुबन्धका लागि प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका थिए। क्लबका प्रमुख खेलाडी करिम बेन्जेमा साउदी प्रो लिग खेल्न गएपछि अहिले रियालमा स्ट्राइकरको खोजी भइरहेको छ।

जसमा टोटेनहमका हेरि केन पहिलो रोजाइमा छन्। सन् २०१७ मा मोनाकोबाट पार्क दि फासँमा आएका एम्बाप्पेले २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij