काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दै छन्।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवा नियमित स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणका लागि सिंगापुर जाने भएका हुन्।
देउवा आज राति ११ बजे सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ। साथमा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि रहनेछिन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij