२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

खुल्ला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न अनेरास्ववियुको माग

खुल्ला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । गत कात्तिक २० गते नै सरकारले उपकुलपति चयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरे पनि अहिलेसम्म समितिको बैठकसमेत बस्न नसकेको भन्दै सरकारी उदासीनताले चरम सीमा नाघेकोका जनाएको हो ।

अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गरी भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख)बमोजिम रिक्त रहेको उपकुलपतिको पद तत्काल खुला प्रतिस्पर्धामार्फत पूर्ति गरी दैनिक कार्य सञ्चालन अविलम्ब सहज बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’

त्रिभुवन विश्वविद्यालय लामो समयदेखि निमित्त उपकुलपतिको भरमा चलिरहेको विषयले संगठनलाई चिन्तित तुल्याएको भन्दै विश्वविद्यालय अन्तर्गतका देशभरिका हजारौँ क्याम्पसको नेतृत्वदायी संस्था नेतृत्वविहीन हुनुले दैनिक कार्य सञ्चालन कसरी सम्पादन भइरहेको होला रु संगठनले प्रश्न उठाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij