२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बुढीगण्डकी बाढीबाट ३६ जनाको उद्धार

बुढीगण्डकी बाढीबाट ३६ जनाको उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायूबाट १२ जनाको उद्धार गरेको छ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij