२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गोरखामा बाढीले मच्चायो वितण्डा, दुई पुलसहित पशुचौपाया बगायो, चार जना सम्पर्कविहीन

गोरखामा बाढीले मच्चायो वितण्डा, दुई पुलसहित पशुचौपाया बगायो, चार जना सम्पर्कविहीन

गोरखा । गोरखाको चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।

उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij