२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस महाधिवेशनमा मतदान गर्न बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशनमा मतदान गर्न बिहानैदेखि मतदाता लाइनमा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भएपनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।

योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।

खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

उनले बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि नै थालिने बताए ।

उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij