२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई असोज १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij