२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाटै बाहिरियो

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाटै बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट आउट भएको छ । समूह ए मा जर्मन क्लब बार्यन म्युनिखसँग एक शून्यले पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो ।

समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल ब्यहोर्न पुग्यो । बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो । यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ ।

कोपनहेगनले गालातासारेलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । कोपनहेगनका लागि ५८ औं मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नैं निर्णायक बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij