२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिक नभएको १८, एकतर्फीमा ८ र अन्यमा ३०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij