२०८३ भाद्र ११ बिहिबार

Aug 27 2026 Thursday

२०८३ भाद्र ११ बिहिबार

रसुवा बाढीपीडितका लागि उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग

रसुवा बाढीपीडितका लागि उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ। सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थाल्नुभएको छ।

पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको रकम मात्रै २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्रका कम्पनी तथा संघसंस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन्। कोषमा योगदान गर्ने दातृ कम्पनीहरूको विवरणसमेत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij