२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अवैधरुपमा अमेरिका पठाउन लागिएका गहनासहित दुई जना पक्राउ

अवैधरुपमा अमेरिका पठाउन लागिएका गहनासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुन तथा चाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ‘Unique Cargo Jhapa’ (बौद्ध) का सञ्चालक वर्ष ३४ का राम प्रसाद दाहाल र ‘Apex Logistic Pvt. Ltd.’ (काठमाडौँ) का सञ्चालक वर्ष ४६ का यज्ञराज सुवेदी रहेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ असार १६ गते बेलुका अन्दाजी १७:३० बजे कार्गो कम्प्लेक्स भवनमा ‘Manifest No. AMS AP 321’ मा जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरू उल्लेख भएको कार्गो बाकसलाई एक्स-रे (X-ray) चेकजाँच गरिएको थियो।

उक्त चेकजाँचका क्रममा म्यानिफेस्टमा उल्लेख भए अनुसारका सामानहरू नदेखिएपछि शंका लागेर बाकस खोली हेर्दा लुकाइछिपाइ राखिएका ती गहनाहरू फेला परेका हुन्।

उक्त सामग्रीहरू ‘Unique Cargo Jhapa’ मार्फत ‘Apex Logistic Pvt. Ltd.’ ले संयुक्त राज्य अमेरिका (USA) पठाउन लागेको अनुसन्धानबाट खुलेको छ।

बरामद गरिएका गहना र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

बरामद गरिएका गहना
१. पहेंलो रङको सुन जस्तो देखिने धातुका गहनाहरू:
नौगेडी: ठुलो थान- २२, सानो थान- ४४ र २१ गेडी थान- १४
चन्द्रमा: थान- १६
जन्तर: थान- २०
Single Brooch: थान- १८ र Double Brooch: थान- १८
शिरफुल: ठुलो थान- ५ र सानो थान- २
नेपालको झन्डा अंकित Brooch: थान- १६
खुकुरी आकारको Brooch: थान- २३
मङ्गलसूत्र: थान- १८
मोतीमाला: थान- ३९
रानीहार: थान- १
त्रिशुल: थान- १
२. सेतो रङको चाँदी जस्तो देखिने धातुका गहनाहरू:
नेकलेस गोलोवाला: थान- ४
नेकलेस चारपाटे: थान- १
काँडावाला चुरा: थान- २६
यार्लिङ सहितको शिरबन्दी सेट: थान- ३
झुम्का: जोर- ३
तिलहरी: थान- ४
घाँटीमा लगाउने सिक्री: थान- १

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij