काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक दलहरुले आफ्नो रङ बदल्दै गएको भन्दै सचेत हुन सुझाएका छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले माछाको फोटो हाल्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको भन्दै भीडको पछाडि कुदेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
जिउँदाे माछा र मरेको माछाको फोटो पोस्ट गर्दै भट्टराईले नेपाली राजनीतिको उदाहरण दिएका हुन्। उनले जिउँदो माछा पानीको घार र छालविरुद्ध पौडिने तर मरेको माछा धार र छालसँगै बग्ने भन्दै नेपाली इतिहासले सबैको परीक्षा लिँदै गएको र त्यसमा विवेक प्रयोग गर्न सुझाएका हुन्।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल निष्ठाको राजनीतिकभन्दा भीडका पछि कुदेकोमा असन्तुष्टी पोख्दै उनले यथास्थितीवादी र अवसरवादीको संज्ञा दिएका छन्।
प्रधानमन्त्री दाहालले एक पछि अर्को गल्ती गरेको उनको भनाइ छ। भट्टराईले पाँच मन्त्रीका साथ पशुपतिमा दर्शन गर्न गएकोमा प्रधानमन्त्री हिन्दू राष्ट्रको वकालत गर्न लागेको भट्टराईको बुझाइ छ।
भारतको महाकालेश्वरमा मन्त्रीको फौज लिएर पूजा गर्न पुगेका प्रधानमन्त्री दाहाल त्यसको एक हप्तापछि अर्थात् शनिबार उही मन्त्री लिएर पशुपतिको दर्शनमा पुगेका थिए। त्यो बेला पनि भट्टराईले मन्त्री लिएर पुग्नु राजनीतिक भएको टिप्पणी गरेका थिए।
उनले लेखेका छन् ‘जिउॅदो माछा पानीको धारछाल विरूद्ध पौडिन्छ। मरेको माछा धाररछालसँगै बग्छ। परिवर्तनकारी र अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारीर कट्टरपन्थी धार र छालविरूद्ध उभिन्छन्,लड्छन् समाजलाई अग्रगामी बाटो देखाउॅछन्। यथास्थितिवादी र अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्,बग्छन् भीडको पछि दौडन्छन्। युगीन संकट र सम्भावनाको दोसॉधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिंदैछ। विवेकको प्रयोग गरौं, आ-आफ्नो कित्ता रोजौं।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij