२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कम्यूनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गुरागाईंलाई पितृशोक

कम्यूनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गुरागाईंलाई पितृशोक

काठमाडौं । उज्यालो रेडियो र उज्यालो अनलाइनको सञ्चालक संस्था कम्युनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गुरागाईंको ९५ वर्षको उमेरमा जुन २० गते बेलुका निधन भएको हो।

स्वर्गीय भीमप्रसाद गुरागाईंको अन्त्येष्टि हिजो बिहान काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार सम्पन्न गरिएको थियो। उहाँका श्रीमती तथा चार छोरा—गोपाल गुरागाईं, गोविन्द गुरागाईं, विनय गुरागाईं र कृष्ण गुरागाईं हुनुहुन्छ।

भोजपुरको भुल्केमा जन्मनुभएका स्वर्गीय गुरागाईं समाजप्रति समर्पित, अनुशासित र सरल जीवनशैलीका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँद्वारा लिखित ‘ती दिनहरू’ नामक संस्मरण सङ्ग्रह प्रकाशित छ। उक्त कृतिमा पूर्वी पहाडको जनजीवन, संस्कृति तथा उहाँले जीवनभर भोग्नुभएका संघर्षपूर्ण अनुभवहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

स्वर्गीय गुरागाईंको निधनप्रति सञ्चार, साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

समाज प्रेस परिवार स्वर्गीय भीमप्रसाद गुरागाईंप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij