अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका टेक्सस च्याप्टरको आयोजनामा भएको एनआरएनए कप फुटवल प्रतियोगिताको उपाधि रोयल नेपाल फुटवल क्लबले जितेको छ । जुन १३ र १४ मा भएको प्रतियोगिताको फाईनलमा डलास गोखार्जलाई हराउँदैं रोयल नेपालले उपाधि जितेको हो । यसैगरी ३५ वर्ष माथि उमेर समुहको फुटवल प्रतियोगिताको उपाधि पर्वत फुटवल क्लबले जितेको छ । फाईनलमा युलेस रोयल फुटवल क्लबलाई हराउँदै पर्वतले उपाधि जितेको हो । खुल्ला तर्फको उपाधि जितेको रोयलले ५ हजार डलर तथा उपविजेता डलास गोर्खाजले २ हजार ५ सय डलर सहीत मेडल प्राप्त गरेका थिए । यसैगरी, ३५ वर्ष माथिको फुटवल उपाधि जित्ने पर्वतले ३ हजार ५ सय र उपविजेता युलेस रोयलले १ हजार ५ सय डलर तथा मेडल प्राप्त गरेका थिए । डिएफडब्लु हिमालयज फुटवल क्लबसँगको सहकार्यमा भएको प्रतियोगितामा खुल्ला तर्फ १४ वटा र ३५ वर्ष भन्दा माथि ५ वटा क्लबको सहभागिता रहेको एनआरएनए अमेरिका टेक्सस च्याप्टर अध्यक्ष निकेश पोखरेलले जानकारी दिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij